जापानमा अवतरण गर्ने क्रममा यात्रुवाहक विमान अर्को विमानसँग ठोक्कियो, भीषण आगलागी



जापानको राजधानी टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि मंगलबार जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ ।

अहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ । जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै हानेदा विमानस्थलमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किँदा यो दुर्घटना भएको हुन सक्ने बताएको छ।


जापान एयरलाइन्सको विमानमा धेरै यात्रु चढेको खबर पनि छ । तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन ।

तर दुर्घटनाका तस्विर र भिडियोमा विमानमा ठूला ठूला आगो निस्केको देखिन्छ । झ्यालबाट आगो र धुवाँ उठिरहेको देखिन्छ। स्थानीय समयानुसार मंगलबार साँझ धावनमार्गमा आगलागी भएको हो ।