प्रधानमन्त्री कप महिला टी- २०: बागमती प्रदेशले गण्डकीलाई ४ विकेटले हरायो



काठमाडौँ । जारी प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।


यसअघि गण्डकी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।

यो बागमती प्रदेशको तेस्रो खेलमा दोस्रो जित हो । यो जितपछि बागमतीको ३ खेलमा ४ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै गण्डकी प्रदेशले भने दोस्रो हार बेहोरेको छ । गण्डकीको यो हारपछि ३ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा झरेको छ ।

अब बागमती प्रदेशले अर्को खेल सोमबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले सोमबार नै मधेश प्रदेशसँग खेल्ने छ ।