डा. गोविन्द केसीले भोली अनशन तोड्ने



कैलाली । धनगढीमा अनशन बसिरहेका प्रा.डा. गोविन्द केसीले भोली अनशन तोड्ने भएका छन् ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई आज अनसन तोड्न सझाव दिइएको थियो । तर, पूर्वनिर्धारित तीन दिने अनशन भएको हुँदा उनले भोली असन तोड्न लागेको केसीका सहयोगीले बताए ।


आजै अनशन तोड्न आग्रह गरे पनि ७२ घण्टा नपुगेको भन्दै केसीले अनसन तोड्न नमानेका हुन ।

गेटामा अनशन बस्न गएका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । त्यसपछि उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा गएर अनसन सुरु गरेका थिए ।

२० औँ अनशन धनगढीमा बसेका केसीले २१ औँ अनशन पनि धनगढीमै थालेका हुन् । २० औँ अनशन १३ दिन जारी रहेको थियो भने २१ औँ अनशन केसीले तीन दिनमा तोड्न लागेका हुन् ।