कुवेतका राजाको निधनमा नेपालले सोमबार शोक मनाउने



काठमाडौँ । कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएकोमा नेपाल सरकारले पनि शोक मनाउने भएको छ ।

सरकारले अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक  मनाउने निर्णय गरेको हो ।


उनको सम्मान सरकारले सोमबार शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । उनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।