कस्तो रहला आज देशभरको मौसम?



काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

पश्चिमी वायु कमजोर हुँदा कुनै पनि प्रदेशमा वर्षा र हिमपातको भने सम्भावना नरहेको जनाउँदै महशाखाले पश्चिमी वायुको आंशिक प्रभावले देशभर चिसो बढ्दै गएको जनाएको छ।


हाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।