अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन सरकारलाई समाजवादी मोर्चाको सुझाव



काठमाडौं । समाजवादी मोर्चाले अध्यादेश ल्याएर भए पनि प्रदेशहरुलाई अधिकार दिन सुझाव दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


उनले भने,‘संघीयता कार्यान्वयनका लागि दृढतापूर्वक उभिनुपर्छ भन्ने कुरा भएको छ । प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो । त्यसैले अध्यादेश ल्याएर भए पनि संघहरुलाई अधिकार दिन सुझाव दिइएको छ ।’

संघले संविधानले दिएका अधिकारहरु हनन गरेको भन्दै प्रदेशहरु आन्दोलित छन् । उनीहरुले संघलाई अल्टिमेटम दिँदै माग पूरा नभए सिंहदरबार घेर्ने चेतावनीसमेत दिएका छन् । सरकारले एक वर्ष पूरा गरेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रदेशलाई यथासक्य चाँडा आफू अधिकार उपलब्ध गराउन लागिपरेको बताएका छन् ।