स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका छन् । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पबाट क्षतीग्रस्त क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन् ।

उनी नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।


प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।