राष्ट्रपतिको युरोप भ्रमण स्थगित



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले देशको असहज परिस्थितिलाई मध्यनजर राष्ट्रपतिको युरोप भ्रमण स्थगित गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेल यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो । जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि भ्रमण स्थगित गर्न विभिन्न क्षेत्रबाट राष्ट्रपतिलाई सुझाव आएको थियो ।