एकीकृत समाजवादीले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले २५ लाखको स्रोत कार्यकर्ताबाट आर्थिक संकलन रहेको पनि बताए ।