माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २२ गते नयाँबानेश्वरस्थित आइपेक्स मल नजिकै अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका बर्तौलामाथि खुकुरी प्रहार भएको थियो ।

घटनामा संलग्न रहेका आरोपितलाई प्रहरीले इलामको पशुपतिनगर पक्राउ परेको हो । प्रहरीले बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान लाई पक्राउ गरी कर्तव्य ज्यान उद्योगमा अनुसन्धान अगाडि बढाएको छ ।


प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि सांघातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । तीनै जानलाई जिल्ला अदालतले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।