भारतमा साउथ समिट सुरु, साँझ प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने



काठमाडौँ । भारतमा आजदेखि दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको सुरु भएको छ । भर्चुअल रूपमा सुरु भएको सो समिट भारतले यसअघि २०७९ पुस २८–२९ गरेको गरेको थियो । आज भएको उद्घाटनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् ।

उक्त कार्यक्रममा आज विभिन्न देशका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


यो समिटमार्फत विभिन्न दलका प्रमुखहरूले आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्नेछन् । अघिल्लो समिटमा ग्लोबल साउथका १२५ राष्ट्रहरूको भर्चुअल उपस्थिति थियो । यो समिटमा शनिवार विदेशी मन्त्रीहरूको सम्बोधन हुन्छ भने कात्तिक ३ गते अर्थमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । साथै कार्यक्रममा शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, ऊर्जा मन्त्रीहरूको पनि सम्बोधन रहने बताइएको छ ।

साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुखरसरकार तहमा हुनेछन् र प्रधानमन्त्री मोदीले यसको सञ्चालन गरेका छन् ।