कांग्रेसको सहकारी विभाग प्रमुखमा कडेँल



काठमाडौं । नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् ।


मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्।

कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कडेँल कांग्रेस केन्द्रिय सदस्य हुन् ।