नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटकबाट सामाजिक सद्भाव विगार्ने र घृणा फैलाउने कार्य भएको भन्दै त्यसलाई बन्द गर्ने निर्णय गरिएको शर्माले बताइन् । उनले भनिन्, ‘मन्त्रिपरिषदले टिकटक बन्द गर्ने निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा साथीहरु लागिसक्नुभएको छ ।’


सामाजि सद्भावमा खलल पुर्याएको भन्दै भारत, क्यानडालगायतका देशले यसअघि नै टिकटक बन्द गरिसकेका छन् ।