टिकटक आजैदेखि बन्द हुन्छ : गृहमन्त्री



काठमाडौं । सरकारले टिकटक आजैदेखि बन्द गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने भएको हो ।

सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउने कार्यमा टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय भएको उनले बताए ।


केहि दिनखघि सामाजिक सञ्जाल निर्देशका स्वीकृत गने निर्णय गरेको सरकारले आजैबाटै टिकटक बन्द गर्ने निर्णय गरेको हो ।