दार्चुलामा भिरबाट लडेर महिलाको मुत्यु



दार्चुला । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ ।

नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो ।


धामी बिहीबार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन् । उनलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।