तीनकुने र बल्खुमा प्रहरीले चलायो जामर भेहिकल



काठमाडौं । प्रहरीले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । दुर्गा प्रसाईं र युवा संघको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले मोबाइल नेटवर्क कमजोर पार्न जामर भेहिकल प्रविधिको प्रयोग गरेको हो ।

प्रहरीले बढी भीडभाड हुने क्षेत्रमा मोबाइल सम्पर्क कमजोर पार्न जामर भेहिकलको प्रयोग गर्दै आएको छ ।


मेडकल व्यवसायी प्रसाईं नेतृत्वको बल्खुमा र युवा संघको तीनकुनेमा कार्यक्रम भइरहेको छ । युवासंघ र प्रसाईंका कार्यकर्ताबीच झपड नहोस् भनेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । आज काठमाडौं उपत्यकामा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

कडा सुरक्षाकाबीच केहीबेर अघि प्रसाईं नेतृत्वको कार्यक्मस्थलमा दुई समुहबीच झडप भएको थियो झपमा परि दुई जना कार्यकर्ता घाइते समेत भएको जनाइएको छ ।