बस्तु व्यापारतर्फ धेरै कर तिर्ने भाटभटेनी सुपरमार्केट सम्मानित



काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्ट स्टोरले बस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिरेको छ । भाटभटेनीले आर्थिक वर्ष २०७८/७९ मा बस्तु व्यापारतर्फ सबैभन्दा बढी आयकर तिरेको हो ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केटलाई सम्मान गरिएकाे हो ।


कार्यक्रममा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई अर्थमन्त्री डा प्रकाशशरण महतले सम्मान गरे । नेपालमा आधुनिक सपिङ कल्चर भित्र्याउने श्रेय पाएको भाटभटेनी सुपरमार्केटको हालसम्म देशभर २६ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ ।