चार राष्ट्र सम्मिलित महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो



काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउदै ७० रन मात्र बनाएपछि नेपाल ४५  रनले विजयी भएको हो ।


यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

यस सिरिजमा नेपाल समुह चरणमा जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समुह चरणका तिनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार बेहोरेको छ ।

यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।