काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।
यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।
यस सिरिजमा नेपाल समुह चरणमा जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समुह चरणका तिनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार बेहोरेको छ ।
यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।