राष्ट्र बैँकले घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही गर्ने



काठमाडौँ । नेपाल राष्ट्र बैँकले यस वर्षको दशैँ, तिहार तथा छठ पर्वका लागि यही असोज २९ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।

दशैँ, तिहार र छठलाई लक्ष्य गरी घटस्थापना (असोज २८) को भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आफ्ना कार्यालय मार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्नेछ ।


अहिले वाणिज्य बैंकहरूलाई नयाँ नोट दिनका लागि पत्र काट्ने काम भइरहेको राष्ट्र बैँकले जनाएको छ । पहिलो चरणमा वाणिज्य बैँकहरूलाई मागनुसार राष्ट्र बैङ्कले नयाँ नोट दिने गरेको छ । 

राष्ट्र बैँकले अघिल्ला वर्षमा झैँ यस वर्ष पनि व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।