सुनको भाउ तोलामा ३०० रुपैयाँले वृद्धि



काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६०० र तेजावी सुन १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।


शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३०० र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको थियो ।