मनाङमा भिरबाट खसेर विदेशी नागरिकको मृत्यु



लमजुङ । मनाङमा भिरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय पुरुष चाल्स केथ डेभिज रहेका छन् । 

उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए । 


बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागी मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।  

राती करिब ३ बजे अस्पताल लगिएकोमा अस्पतालका डाक्टरले सवा ३ बजे उनको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी इन्सपेक्टर पुष्कर कार्कीले जानकारी दिए । 

डेभिजको शवलाई पेष्टमार्टमको लागी एयर डाइमेक्टिक हेलिकप्टर मार्फत बिहिबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।