हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय



विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान भएको छ । कार्कीले असोज २० गतेसम्ममा विश्वासको मत दिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।


कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रूपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय गरेको पनि बताए ।

प्रदेशसभाको बैठकमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा काँग्रेसको भूमिकाको विषयमा समेत छलफल भएको थियो ।

भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।

कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराई पारित गराउने तयारी थालेको छ ।