एमाले कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै



काठमाडौं । नेकपा एमालेको कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । दुई दिनसम्म चल्ने अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् ।


भावी अध्यक्षका लागि अहिलेका अध्यक्ष तुलसीप्रसाद न्यौपानेसहित ४ जना दाबेदार देखिएका छन् । जसमा एमाले केन्द्रीय सदस्य विनोद ढकाल, वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने, उपाध्यक्ष टीकाराम चेम्जोङ्ग र घनश्याम खतिवडा आकांक्षी छन् ।