सुन काण्डमा बोल्दा शर्मामाथि प्रतिशोध साँधियो : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सांसद सुनिल शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दा उनीमाथी राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन्। 

शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताएका हुन् ।


नेता कोइरालाले सुन काण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आशंका व्यक्त गरे । उनले देश अराजकतातिर उन्मुख भइरहेको बताए । नेता कोइरालाले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीले आफ्नो मातहतमा राखेर त्यसको लाभ उठाउने काम भइरहेको बताएका छन् ।

यसैबीच कोइरालाले राजनीतिमा प्रतिशोध राख्ने प्रवृत्ति भित्रिए त्यसले व्यक्ति, पार्टी र देशलाई समेत क्षति पुर्‍याउने बताए ।