एसिया कप क्रिकेट : पाकिस्तानले गुमायो तेस्रो विकेट



काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । पाकिस्तानले १११ रन बनाउँदा मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए ।

२३ ओभर ४ बलमा सन्दीप लामिछानेको बलमा उनलाई दीपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् ।


पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।