१० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसीले हालेको मुद्दामा साम्राज्ञीको जित



काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।

बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला सुनाएको हो । यसको पूर्णपाठ आउन भने समय लाग्ने अदालतले हामीलाई जानकारी गराएको छ।


साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।

साम्राज्ञीले आफूले मुद्दा जितेको भन्दै सामाजिक सञ्जालमा भिडियाे पोस्ट गरेकी छिन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।