जलवायु परिवर्तनसम्बन्धी वार्ता पुनः सुरु गर्न अमेरिकी राजदूत केरी चीन भ्रमणमा



जलवायु मामिला हेर्ने अमेरिकी विशेष प्रतिनिधि जोन केरी विश्वका दुई ठूला ग्यास उत्सर्जकबीच रोकिएको वार्ता पुनः सुरु गर्न आइतबार चीन आइपुगेका छन् ।

सोमबारदेखि चीन र संयुक्त राज्य अमेरिकाबीच जलवायुसम्बन्धी विषयमा गहन विचार आदानप्रदान हुने सरकारी प्रसारक सीसीटीभीले जनाएको छ ।


केरीको चीन भ्रमणका क्रममा समकक्षी सी झेनहुआसँग भेटवार्ता हुने कार्यक्रम छ । उनको यो भ्रमण जलवायु परिवर्तनका कारण तीव्र हुँदै गएको भनिएको हप्तौंदेखिको उच्च ग्रीष्मकालीन गर्मीपछि हुन लागेको हो ।

गत वर्ष अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरी उक्त टापुलाई आफ्नो क्षेत्र ठान्ने बेइजिङलाई आक्रोशित बनाएपछि द्विपक्षीय जलवायु वार्ता रोकिएको थियो ।

ताइवान र सुधारिएका सेमीकन्डक्टरलगायत अन्य जटिल विषयमा वासिङ्टन र बेइजिङबीच टकराव भएपनि पूर्व विदेशमन्त्री केरीको चीनसँग तुलनात्मक रूपमा सौहार्दपूर्ण र सुसंगत सम्बन्ध रहँदै आएको छ ।