काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
गत मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।
हिजोको बैठकमा आमन्त्रित जिल्ला सभापतिहरुसहित ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।
हिजोको बैठकमा आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर बानियाँ (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) ले आफ्नो धारणा राखेका छन् ।
यस्तै, नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
आज बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समितिमा प्रस्तुत विभिन्न १० एजेन्डामा केन्द्रित भएर आफ्नो धारणा राख्ने छन् ।