अफगानिस्तानका ब्युटीपार्लरमा तालिवानको प्रतिबन्ध



काबुल । तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाएको छ । तालिवान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्युजलाई यसबारे जानकारी दिएका हुन् । 

तालिवानको मन्त्रालयले काबुल नगरपालिकालाई तालिवान नेताको नयाँ आदेश कार्यान्वयन गर्न र महिला सौन्दर्य सैलुनहरूको लाइसेन्स रद्द गर्न पनि निर्देशन दिएको छ।


यो प्रतिबन्ध पछि एक मेकअप आर्टिस्टले भनिन्, ‘परिवारका पुरुषको जागिर छ भने हामी घरबाट बाहिर निस्कने छैनौँ। हामी के गर्न सक्छौँ ? हामी भोकै बस्ने, के गर्ने ? तपाई हामीलाई मार्न चाहनुहुन्छ ?’ 

इस्लामिक इमिरेट्सले केटीहरू र महिलाहरूलाई स्कूल, विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमा घर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जान प्रतिबन्ध लगाएको छ।