पश्चिमी हाइटीमा भूकम्प : तीन जनाको मृत्यु, दुई दर्जन भन्दा बढी घाइते



पश्चिमी हाइटीमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।

राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ३०० किलोमिटर (१८६ माइल) पश्चिममा रहेको ग्रान्ड’आन्से विभागमा मंगलबार बिहान भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।


ग्रान्ड एन्सेको नागरिक सुरक्षा एजेन्सीका प्रमुख क्रिस्टिन मोनक्वेलले अहिलेसम्म तीनजनाको मृत्यु भएको बताएका छन् । ‘उनीहरू एउटै परिवारका सदस्य हुन् र उनीहरूको घर भत्किँदा मृत्यु भएको थियो’, मोनक्वेलले भने । अल्जजिरा