जसपाको कार्यकारिणी समिति बैठक शनिबार बस्ने



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यर्काकारिणी समिति बैठक शनिबारका लागि बोलाइएको छ।

जेठ २७ गते शनिबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारी र समसामयिक राजनीति विषयमा छलफल हुनेछ।


पार्टी कार्यालयमा बस्ने बैठकमा सरकारमा रहेका मन्त्रीको काम, गठबन्धन सरकारको समिक्षादेखि पार्टीको संगठनसम्मका विषयमा छलफल हुने स्रोतले बताएको छ।