‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै



काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । एन्फा कम्पेक्समा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबल आज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, च्यासल खेल मैदानमा थ्री स्टार क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाटै सुरु हुनेछ ।


यस सिजनको लिगमा १४ वटा क्लब सहभागी रहेका छन् । यसपटक डबल राउण्ड रोविन प्रणालीका आधारमा लिगका खेलहरु भइरहेको छन् ।