१८ वर्षपछि बार्सिलोना छाड्ने बुस्केटको निर्णय



एजेन्सी । बार्सिलोनामा आवद्ध भएको १८ वर्षपछि कप्तान सर्जियो बुस्केटले क्लब छाडने भएका छन् । जारी सिजनको अन्त्यबाट कप्तान बुस्केटले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् ।

३४ वर्षीय बुस्केटले बार्सिलोनाका लागि ७ सय १८ खेल खेलेका छन् भने बार्सिलोनाबाट सर्वाधिक धेरै खेल्ने तेस्रो खेलाडीको रुपमा बुस्केटको नाम अंकित भएको छ ।


उनको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले ८ वटा लालिगा उपाधि, ७ वटा कोपा डेल रे, ७ वटा स्पेनिस सुपर कप र तीन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सन् २००५ मा युथ खेलाडीको रूपमा बी डिभिजनमा आबद्द भएका बुस्केट २००८ मा सिनियर टिममा डेब्यु गरेका थिए।