सरकार र महावीर पुनबीच आज पनि वार्ता



काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज (सोमबार) पनि वार्ता हुँदैछ ।
आइतबार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगे पनि लिखित रुपमा सहमति हुन सकेको छैन । आज दिउँसो साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने माग गर्दै शुक्रबारबाट अनिश्चितकालीन धर्ना उत्रिएका थिए । आज (सोमबार) लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महावीर पुन सल्लाहमै धर्नामा बसेको बताएका छन् ।