एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध



काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध पारेको छ।

काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हो।


टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर मात्र ६० रन जोडेको छ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । आज खेल हुन नसके भोलि रिर्जभ डेको व्यवस्था गरिएको छ ।

भोलि पनि खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।