युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा



अबुधाबी । युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ  । उक्त  गोलीकाण्डमा धेरैको मृत्यु  भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ।


 साथै  शान्ति र स्थिरतालाई कमजोर तुल्याउँने  हरेक प्रकारका हिंसा र आतंकवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।