‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा



काठमाडौं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ । च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थान उक्लिएको हो ।

चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए ।


शीर्ष स्थानमा उक्लिएको चर्च ब्वाइजको यो सातौं जित हो । चर्च ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ ।एनआरटीको छैटौं हार हो । एनआरटीले १५ खेलमा १७ अंक जोडेको छ ।