काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने बताएका हुन् ।
उनले भनेका छन्, ‘अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ । भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन् ।’
नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने उनको भनाइ छ ।यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले बताएका छन् ।
उनले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबीसमेत गरेका छन् ।
माओवादी केन्द्रसँगको एकतासँगै पार्टीमा वैचारिक राजनीतिक काम हुननसक्दा केही कमजोर भए पनि पुनः गतिहीनता तोडिएको उनको भनाइ छ ।