भ्रष्टाचारविरुद्ध आन्दोलन होइन, भ्रष्टचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्छ : मेयर बालेन



काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

भ्रष्टाचारबिरुद्ध सडक प्रदर्शन गरेर नहुने भन्दै सिधै कारबाहीमा जानुपर्ने बताएका हुन् ।


काठमाडौँमा भएको विरोध कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनले प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘भ्रष्टाचारविरुद्धको आन्दोलन??, को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ?, ‘सीधै लगेर बागमतीमा चोपाल्नुस्, यस्तो सडक नाटक धेरै देखिसक्यौँ हामीले, पत्याउदिनँ मचाहिँ।’

यस्तै उनले प्रदर्शनमा सहभागी नेताहरूलाई आन्दोलन गर्न होइन, भ्रष्टाचारीलाई सीधै कारबाही गर्न जनताले भोट दिएर पठाएको भनी सम्झाएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’