प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने



काठमाडौं । सरकारले प्रेस काउन्सिललाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिललाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संरचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत मिडिया काउन्सिल बनाउने जानकारी दिएका हुन् ।