नेसपाले भन्यो, ‘नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यशक्तिको चरम दुरूपयोग’



काठमाडौं । नेपाल समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणलाई राज्यशक्तिको चरम दुरूपयोग गर्नु निकृष्टतम अपराध भनेको छ ।

पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पु¥याउन आग्रह गरेका छन् ।


यो प्रकरणमा अहिलेसम्म नेपाल सरकारले र प्रहरी प्रशासनले देखाएको तदारूकतालाई पार्टीले स्वागत गरेको उनले आज विज्ञप्ति निकालेर उल्लेख गरेका छन् ।