ए डिभिजन लिग : आज तीन खेल हुँदै



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।  जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेबाट सोही रंगशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटारले प्रतिस्पर्धा गर्नेछन् ।


उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुने एन्फाले जनाएको छ ।