नव नियुक्त मन्त्रीले लिए शपथ : आचार्य महिला मन्त्री, यादवलाई खानेपानीको जिम्मा



काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् । आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो । आचार्य कपिलवस्तु क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद हुन्।