‘ए’ डिभिजन लिग : खुमलटारसँग बराबरीमा रोकियाे आर्मी



काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी बराबरीमा रोकिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लिगको पुछारमा रहेको खुमलटारसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

आर्मीले दुई पटकको अग्रतालाई जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउनु परेको छ । बराबरीसँगै आर्मी १९ खेलबाट २६ अंक जोड्दै छैटौं स्थानमा रहेको छ भने खुमलटार समान खेलबाट १८ अंक जोड्दै रेलिगेशन जोनमा रहेको छ ।