मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता



मध्यचीनको हेनान प्रान्तको सान्मेन्क्सिया शहरमा रहेको कोइला खानीमा मङ्गलबार बिहान भएको आगलागीमा परी पाँच जना अझै बेपत्ता रहेको कम्पनी स्रोतले जनाएको छ ।

बेपत्ता पुष्टि भएका पाँच जना बाहेक गेङ्कुन खानीमा रहेका अन्य सबै कर्मचारीलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । बिहीबार बिहान ०९ बजेसम्म आगो निभ्न सकेको थिएन ।


उद्धारका निम्ति विज्ञ समूह खानीमा पुगेको छ ।