सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल शीर्ष स्थानमा 



काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब पुन शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार च्यासल फुटबल मैदानमा भएको खेलमा फ्रेन्ड्स क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै जावलाखेल पुन शीर्ष स्थानमा उक्लिएको हो । जावलाखेलका लागि एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १-१ गोल गरे ।


फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए । जितसँगै जावलाखेलले १७ खेलबाट ३० अंक जोडेको छ । समान अंक रहेको चर्च ब्वाइजलाई पछि पार्दै

हेड टु हेड नतिजाको आधारमा जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । पराजित फ्रेन्ड्स १६ खेलमा १९ अंक सहित तालिकाको एघारौं स्थानमा छ ।