विदेशी प्रतिभालाई आकर्षित गर्न नयाँ भिसा प्रणाली सुरु गर्ने जापानको तयारी



जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ ।

देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका विदेशी आवेदकहरूलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ ।


नयाँ प्रणाली अनुसार निश्चित शर्त जस्तै स्नातकोत्तर डिग्री भएमा कम्तिमा एक करोड ५० लाख अमेरिकी डलरको वार्षिक आय सुनिश्चित गरिने बताएको छ । संसारभर राष्ट्रहरूले कुशल कामदारहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका समय जापानका स्थानीय विश्लेषकहरूले जापानको वर्तमान अङ्क–आधारित प्रणालीको आलोचना गरिरहेका छन् ।

वर्तमान प्रणाली अन्तर्गत, शैक्षिक र रोजगार पृष्ठभूमि अनुसार वार्षिक आय जस्ता श्रेणीहरू अनुसार अङ्कको निर्धारण गरिन्छ । एक निश्चित स्तरभन्दा बढी अङ्क भएका आवेदकहरूलाई पाँच वर्षको उच्च कुशल व्यावसायिक भिसा प्रदान गरिने र तीन वर्षपछि अनिश्चित अवधिको बसाइको भिसा दिने प्रावधान गर्न सकिने बताइएको छ ।