उपेन्द्रले बढाए मतान्तर, ३ हजार मतले पछि परे शिवचन्द्र



बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायम गर्दै मतान्तर बढाएका छन् ।

जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८ सय ७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन् ।


सुरुवाती अग्रता लिएका यादवलाई कडा टक्कर दिइरहेका कुशवाह ३ हजार ९९ मतले पछि परेका छन् । त्यस्तै नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मतसहित तेस्रो र रास्वपाका रमेश खरेलले १ हजार १ सय ७४ मत पाएर चौथो स्थानमा रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।