भेरिफाइड अकाउन्टबाट ब्लु टिक हट्यो



काठमाडौँ । ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ।

कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातबाट हटेको छ।


मस्कले गत अप्रिल १२ मा पैसा नतिर्ने एकाउन्टको ब्लू टिक अप्रिल २० पछि हट्ने जनाएका थिए। उनले ब्लु टिक लिने भए निश्चित रकम तिर्नुपर्ने जनाउँदै आएका छन्।

ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरूको अकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शुल्क लिने गरिएको थिएन। तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रममा भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो।

नेपालमासमेत निःशुल्क ब्लु टिक पाउने हजारौँ थिए । नेपालमा ब्लू टिक लिन वार्षिक ८४ डलर तिर्नु पर्नेछ।